तालिबानीहरुको अल कायदासँग सम्बन्ध रहेको अफगान सेना प्रमुखको दाबी
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/Taliwan-768x404.jpeg?itok=uiroLU5Q)
काबुल: अफगान सेनाका प्रमुखले तालिबानीहरुले अल कायदा नामक एक आतंककारी सगठनसँग सम्बन्ध राखिरहेको बताएका छन् । उनले अल कायदाका नेता आइमन अल जवाहारीले तालिबानी संगठनसँग सम्बन्ध राखिरहेको बताएका यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका हुन् ।
अल कायदा तथा अन्य आतंककारी संगठनहरुसँग तालिबानीहरुले सम्बन्ध राखिरहेको उनले बताएका हुन । यसअघि पनि संयुक्त राष्ट्रसघीय एक अनुगमनकारी निकायका अधिकारी एडमण्ड फिटन ब्राउनले सो कुराको जानकारी दिएका थिए । उनले पनि तालिबानीहरुले यी आतंककारी संगठनसँग सम्बन्ध राखेको जानकारी दिएका थिए ।
अफगान सेनाका प्रमुख यासिन जियाले तालिबानीहरु र अल कायदाका बीचमा अहिले पनि सम्बन्ध रहेको र आपसमा उनीहरुले काम गरिरहेको जानकारी बुधबार स्थानीय टोलो ज्युजगले जानकारी गराएको हो ।
यता अल कायदासँग आफूहरुको कुनै पनि सम्बन्ध नरहेको भन्दै तालिबानीहरुले अमेरिकालाई विश्वस्त गरिरहेको बताइएका बेला यी दुई बीच सम्बन्ध रहेको सार्वजनिक अभिव्यक्ति आएको छ ।
हाल तालिबानीहरु अमेरिकाको मध्यस्थतामा अफगानिस्तानको सरकारसँग शान्ति वार्तामा रहेका छन् । उनीहरु शान्ति वार्तामा रहेका बेला यो कुरा सार्वजनिक भएको बताइएको छ । -एएनआई
![add](https://dineshkhabar.com/sites/default/files/WhatsApp Image 2025-01-20 at 11.37.07 AM.jpeg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)