कैलालीका ८ र कञ्चनपुरका ४ जनामा कोरोना पुष्टि
धनगढीः कैलालीका ८ र कञ्चनपुरका ४ जना सहित सुदूरपश्चिममा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा २ सय ४७ जनाको परीक्षण गरिएकोमा १२ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का ४ जना, वडा नम्बर ३ र ६ का एक/एक जना, ठेगाना नखुलेका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै कैलालीकै गोदावरी नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका १ जना र ठेगाना नखुलेका ३ जनामा संक्रमण देखिएका अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।