सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा प्रहरीद्धारा डेढ लाखका पटाका बरामद

२०७७ कार्तिक १३, ०७:२४ खबर संवाददाता

धनगढीः कञ्चनपुर प्रहरीले डेढ लाख मूल्य बराबरका अवैध पटाका बरामद गरेको छ ।

तिहारलाई लक्षित गर्दै महेन्द्रनगरबाट दार्चुला पठाउँदै गरेको अवस्थामा झण्डै डेढ लाख मूल्य पर्ने ६ बोरा पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

महेन्द्रनगरको गल्ली नम्बर ५ स्थित चौलानी पुस्तक पसल सञ्चालन गर्दै आएका दार्चुलाको शैल्यशिखर नगरपालिका १ का दिनेश खडायतले सुपप्र ०२–००१ ख ९४३ नम्बरको बसमा लोड गर्दै गरेको अवस्थामा पटाका बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

खडायत फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 
 
 

कमेन्ट लोड गर्नुस