कञ्चनपुरमा एक लाख ६० हजारको अवैध सामान बरामद
धनगढीः कञ्चनपुरमा एक लाख ६० हजार बढिको अवैध सामान बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले एक लाख ६० हजार ५५ का चिनी, केराउ, युरिया मल, प्याज, बिडी र कपडा बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक विरेन्द्र बहादुर ऐरले जानकारी दिए ।
सशस्त्र प्रहरी निरिक्षक जयबहादुर महताको कमाण्डमा खटिएको मोबाईल गस्ती टोलीले शुक्लाफाँटा नगरपालिका १२ चानदेउ, बेलौरी नगरपालिका–१० सडकघाट, वडा नम्बर १ फटिया र वडा नम्ब ६ नयाँ गाउँ क्षेत्रबाट सो अवैध सामान बरामद गरेको हो ।
सामान गड्डाचौकी भन्सार कार्यालयललाई बुझाइएको छ ।