सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बुधबार थपिए ८ जना कोरोना संक्रमित

२०७७ कार्तिक १२, ०६:३६ खबर संवाददाता

धनगढी: धनगढीका ४ सहित सुदूरपश्चिम प्रदेशमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशाला र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा १ सय ७७ जनाको परीक्षण गरिएकोमा ८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।  उनका अनुसार सेती अस्पताल प्रयोगशालामा ६ र कमलबजार नगरपालिकाको प्रयोगशालामा २ जनामा संक्रमण  देखिएको हो ।

सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाका ४ जना, कञ्चनपुरको भीमदत्त नगरपालिका र दशरथचन्द नगरपालिकाका १÷१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर २, ३ र ५ का १/१ जना र वडा नखुलेको १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।   यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार ६ सय २०  पुगेको छ।  

संक्रमित मध्ये ७ हजार ५ सय बढीले कोरोना जितेका छन् भने ३० जनाको मृत्यु भएको छ।
 

कमेन्ट लोड गर्नुस