सुदूर नेपाललाई विश्वसँग जोड्दै

हुम्लामा निःशुल्क सेनिटाइजर सहयोग

२०७७ कार्तिक १२, १२:२४ रासस

सिमकोट : हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का ८० घरधुरीलाई निःशुल्क सेनिटाइजर प्रदान गरिएको छ । 

जिल्ला सदरमुकाम सिमकोटमा लामो समयदेखि सञ्चालनमा रहेको न्यु भिजन चर्चले जिल्ला कोरोना उच्च संक्रमणको जोखिममा रहेको जनाई ताक्ला र बाम्टा गाउँका घरधुरीलाई सेनिटाइजर सहयोग गरेको हो । 

ग्रामीण  बस्तीका नागरिकले कोरोना संक्रमणबाट बच्न र व्यक्तिगत सरसफाइमा जोड दिऊन् भन्नाका लागि सेनिटाइजर सहयोग गरिएको चर्चका कालीबहादुर बोहराले बताए ।

कमेन्ट लोड गर्नुस