सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा पुरुष मृत भेटिए

२०७७ कार्तिक १२, ०९:२६ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् ।

जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ५ धरमपुरमा  सोही ठाउँका अन्दाजी ४५ वर्षीय भीमु खुना मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले खुना झुण्डिएको अवस्थामा मृत भेटिएको बताउँदै घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।  
 

कमेन्ट लोड गर्नुस