सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलात्कार आरोपमा झाँक्री पक्राउ

२०७७ कार्तिक १२, ०८:१० खबर संवाददाता

उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी बस्ने एक वनझाँक्रीलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा अर्जुन भनिने ३९ वर्षीय चूडामणि श्रेष्ठ रहेका छन् । उनलाई पीडितको उजूरीका आधारमा जबर्जस्तीकरणीमा मुद्दा चलाईने उदयपुर प्रहरीले बताएको छ । उनले माता उतार्ने तथा झारफुक गर्ने भनी महिलालाई यौन शोषणका साथै आर्थिक शोषण गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, झाँक्रीले भने उनलाई उनका गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएको बताउँदै  त्यसै गर्ने गरेको बयान दिएका छन् । 
 

कमेन्ट लोड गर्नुस