सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय सेनाध्यक्ष कात्तिक १९ मा नेपाल आउने

। फोटो स्रोत ।
२०७७ कार्तिक ११, ०७:४९ रासस

भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे  नेपालको तीन दिवसीय भ्रमणका  लागि यही कात्तिक १९ गते यहाँ आउने  भएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले  जनरल नरवणेलाई नेपाल भ्रमणमका क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशको सैनिक प्रमुृखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ ।

रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनरल नरवणेले औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको  सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । प्रधानसेनापति थापासँग जनरल नरवणेले औपचारिक भेटवार्ता र  छलफल  गर्ने छन् ।

कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग जनरल नरवणेले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता पौडेलले जानकारी दिए । भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जलि अर्पणका साथै जङ्गीअड्डामा सम्मान गारद निरीक्षण गर्ने छन् । जनरल नरवणेको भ्रमण दल चार सदस्यीय हुने छ ।
 

कमेन्ट लोड गर्नुस