सुदूर नेपाललाई विश्वसँग जोड्दै

भजनीका बाढी पीडितले बाढीबाट जोगिन बनाए चेक ड्याम

२०७७ कार्तिक ११, ०५:४३ खबर संवाददाता

धनगढी : कैलालीको भजनी नगरपालिकाका बाढी प्रभावित स्थानीयले बाढीबाट जोगिन चेक ड्याम निर्माण गरेका छन् ।

जिल्लाको सबैभन्दा बढी बाढी प्रभावित लालबोझीका स्थानीयले आफ्नै स्रोत साधन तथा जनश्रमदानमार्फत बाढीबाट जोगिन ड्याम निर्माण गरेका हुन् । लालबोझीका भलमन्सा रामकिसन चौधरीले कान्द्रा नदीको बाढीबाट जोगिन करिब ५ सय मिटर लामो र ५ फिट उचाई भएको ड्याम निर्माण गरेको बताए ।

स्थानीयले आफ्नै स्रोत साधन प्रयोग गरी निर्माण गरेको बताएका छन् । भलमन्सा चौधरीका अनुसारका अनुसार ड्याम निर्माण गर्न २२ वटा ट्रेकटरसहित जनश्रमदान तथा डिजेल तेलको लागि नगद संकलन गरेका थिए । तर आफुहरुको कार्यमा स्थानीय सरकारले वेवास्ता गरेको स्थानीयको दुखेसो छ ।

५ नम्बर वडा कार्यालय र भजनी नगरपालिकामा सहयोगको लागि याचना गरेपनि कुनै सहयोग नपाएको भलमन्सा चौधरीले बताए । कैलालीको भजनी नगरपालिका क्षेत्र वर्षेनि डुबानमा पर्दै आएको छ । जहाँ वर्षेनि ठूलो धनजनको क्षति हुँदै आएको छ ।

कमेन्ट लोड गर्नुस