कञ्चनपुरमा छोराले दाउले हिर्काउँदा आमा घाइते
धनगढीः कञ्चनपुरमा छोराले दाउले हिर्काउँदा आमा घाइते भएकी छिन् ।
जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ८ तिलाचौरीका २५ वर्षिय दिपक ऐरले ५५ वर्षीया आमा गंगादेवी ऐरलाई दाउले हिर्काएका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुस्त मनस्थितिका ऐरले सोमबार साझ आमाको टाउकोमा दाउले हिर्काएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार गंगादेवीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार हुँदै छ । उनको टाउकोमा चोट लागेको छ । दिपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।