सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीद्वारा धर्मपत्नी शाक्यलाई टीका

२०७७ कार्तिक १०, ०२:५५ रासस

प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिनुभएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा उहाँले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिनुभएको हो।

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्री निवासमा हुने ‘वडा दशैंको सार्वजनिक टीका कार्यक्रम’ राखिएको छैन्। 
 

कमेन्ट लोड गर्नुस