सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वप्रधानमन्त्री डा.भट्टराईले दशै मनाउन पाएन्

२०७७ कार्तिक १०, १२:४८ खबर संवाददाता

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले दशैँको टीका लगाउन पाएनन् ।  

कोरोना भाइरसको संक्रमण पुष्टी भएका डा. भट्टराईले पुरानो फोटा सामाजिक सञ्जालमा राख्दै टाढैबाट बावुको आर्शीवाद लिएको बताएका छन् । उनले गत वर्षको दशैँको आफ्ना बुवाबाट टीका ग्रहण गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै चित्त बुझाएको लेखेका छन् । 

जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा.भट्टराईले गत वर्षको तब्सिर राख्दै लेखेका छन् । ‘कोरोना महामारीका कारण यस वर्ष विजयादशमीका दिन टाढैबाट बुबाको आशीर्वाद ग्रहण गरियो र गत वर्षको फोटो हेरेर चित्त बुझाइयो,’ ‘सबैमा विजयादशमीको शुभकामना कोरोनाबाट आफू बचौं ! अरूलाई बचाऔं !’ डा.भट्टराई र उनकी पत्नी हिसिला यमी दुवै जना हाल कोरोनाबाट संक्रमित छन् । 
 

कमेन्ट लोड गर्नुस