कोरोना महामारी फैलंदै गएपछि स्पेनमा पुनः कफ्र्यू
स्पेनमा राष्ट्रिय आपतकाल घोषणा गर्दै रातको समयमा कफ्र्यूआदेश जारी गरिएको छ । कोरोना महामारी पुनः फैलंदै गएपछि स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले राती ११ देखि बिहान ६ बजेसम्मका लागि कफ्र्यू लगाउने निर्णय गरिएको जानकारी दिए ।
आपतकालभर स्थानीय अधिकारीहरुलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको छ । बर्षको शुरुमा देशमा लकडाउन लागू गरेको स्पेनमा झन–झन कोरानाको महामारी फैलिएपछि पुनः देश लकडाउनको स्थितीमा आउन सक्ने संकेत समेत प्रधानमन्त्री पेद्रोले गरे ।
जाडोयाम शुरु हुने बितिकै युरोपका कयौं राष्ट्रहरुमा कोराना महामारी झन भयावह बन्दै गएपछि नियन्त्रणका लागि लकडाउन घोषणा गरिइसकेको छ ।
इटलीमा एक साताको लागि बिभिन्न क्षेत्रमा प्रतिबन्ध लगाउने घोषणा भैसकेको छ । यता फ्रान्समा पनि कोरोना संक्रमण बढ्दै गएपछि रातको १० बजेपछी रेष्टुराँ र पबहरु खोल्न नपाइने नियम लागू गरिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ५२ हजार १० बढी संक्रमित थपिएका छन् ।