सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चुरेमा युवा क्लबले सुरु गर्यो घर–घर सरसफाई अभियान

२०७७ कार्तिक ९, ०४:५१ खबर संवाददाता

धनगढीः कैलालीको चुरेमा युवा क्लबले घर–घर सरसफाई अभियान सुरु गरेको छ ।

बसन्तपुर युवा क्लबले आईतबारदेखि स्वच्छ र नमूना गाउँ निर्माणका लागि घर–घर सरसफाई अभियान सुरु गरेको जनाएको छ ।

अभियानका संयोजक पनि रहेका क्लबका सचिव योगेन्द्रसिह साउदले  चुरे गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तारासिह साउदले अभियानको उद्घाटन गरेको बताए ।

क्लबका अध्यक्ष छत्र साउदको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन खग्रेन्द्र साउदले गरेका थिए ।

उद्घाटन कार्यक्रममा सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक उत्तम साउद लगायतको उपस्थितीमा रहेको थियो । 
 

 

कमेन्ट लोड गर्नुस