सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप २८५६ जनामा कोरोना भाइरस संक्रमण

२०७७ कार्तिक ९, ०४:३९ खबर संवाददाता

पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा १७८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३३३६ जना डिस्चार्ज भएका छन्। निको हुनेको कुल संख्या १ लाख ११ हजार ६७० पुगेको छ।
 

कमेन्ट लोड गर्नुस