सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाजपा नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्रीलाईकोरोना सङ्क्रमण

२०७७ कार्तिक ९, ०८:१७ रासस

भारतको सत्ताधारी दलका वरिष्ठ नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई शनिबार कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।

फडणवीसले सामाजिक सञ्जालमार्फत् आफू कोभिड–१९ सङ्क्रमित भएको बताएका छन् । साथै उनले विगत केही दिनमा आफ्नो निकट सम्पर्कमा रहेका सबैलाई कोभिड–१९ परीक्षणका गर्न सुझाव दिएका छन् । फडणवीस भाजपाको विहार राज्यको निर्वाचन अभियानका इन्चार्ज हुन् ।

बिहारमा यही अक्टोबर २८ देखि नोभेम्बर १० सम्म विभिन्न चरणमा स्थानीय तहको निर्वाचन मिति तय भएको छ । अहिले उक्त राज्यमा निर्वाचन अभियान जारी रहेको छ ।

कमेन्ट लोड गर्नुस