धनगढीका थप ३५ जनामा कोरोना पुष्टि
२०७७ कार्तिक ८, ०६:१४
धनगढीः धनगढीका थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
संक्रमण पुष्टि भएका मध्ये ११ महिला र २४ पुरुष रहेका श्रेष्ठले बताए । उनीहरुको वडा भने खुलेको छैन् ।
कमेन्ट लोड गर्नुस