सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

२०७७ कार्तिक ८, ०२:५१ रासस

जनकपुर : जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ ।   

जनकपुर उपमहानगरपालिका–१ बस्ने ति महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झाले जानकारी दिए ।

एकाएक ज्वरोका साथै श्वास प्रश्वासमा कठिनाइ भएपछि ति महिलालाई शुक्रवार बिहान सो प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वाबको सोही दिन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

ति महिला उच्च रक्तचाप, मधुमेह र दमरोगबाट पीडित रहेको निमित निर्देशक झाले बताए ।

कमेन्ट लोड गर्नुस