पूर्वप्रधानमन्त्री भट्टराई र उनकी पत्नी हिसिलालाई कोरोना संक्रमण पुष्टि
२०७७ कार्तिक ८, ०९:१८
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
डा. भट्टराइले कात्तिक ७ गते गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको सामाजिक सञ्जाल ट्वीटर मार्फत बताएका हुन् ।
संक्रमण पुष्टिपछि चिकित्सकको सल्लाह अनुसार दुवै जना होम आइसोलेसनमा रहेको जनाइएको छ ।
कमेन्ट लोड गर्नुस