अमेरिकी विदेशमन्त्री पोम्पेओ एसियाली देशको भ्रमणमा जादै
अमेरिकी विदेशमन्त्री माइकल आर.पोम्पेओले एसियाका केही देशहरुको भ्रमण गर्ने बताइएको छ ।
विदेशमन्त्री पोम्पेओ भारत, श्रीलंका, मालदिभ्स र इन्डोनेसियाको भ्रमणमा जानुहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । सो मन्त्रालयले बुधबार प्रकाशन गरेको सूचनामा विदेशमन्त्री पोम्पेओको भ्रमणबारेको सो सूचना प्रकाशन गरेको बताइएको छ । विदेश मन्त्री पोम्पेओको सो भ्रमण यही अक्टोबर २५ देखि ३० सम्मको हुने बताइएको छ ।
उनले भारत भ्रमणका क्रममा भारतका विदेशमन्त्री एस जयशंकरसँग द्धिपक्षीय भेटवार्ता गर्ने बताइएको छ । त्यस भेटका क्रममा उनीहरुबीच द्धिपक्षीय विभिन्न विषयमा कुराकानी हुनेछ । भारत र अमेरिकाबीचका विविध साझेदारीका विषयमा उनीहरुले वार्ता गर्नेे सो समाचारमा जनाइएको छ ।
उनी भारतपछि श्रीलंका र त्यसपछि मालदिभ्सको राजधानी माले पुग्ने बताइएको छ । त्यसैगरी अमेरिकी विदेशमन्त्री पोम्पेओ इन्डोनेसियाको राजधानी जाकार्ता पुग्ने सो समाचारमा जनाइएको छ ।