सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका थप ४७ र कञ्चनपुरका ६ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक ६, ०४:२६ खबर संवाददाता

धनगढीः कैलालीका थप ४७ र कञ्चनपुरका ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ३ सय ३३ जनाको परीक्षण गरिएकोमा ५३ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २६ जना, टीकापुर नगरपालिकाका १५ जना, गोदावरी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको बताए। यस्तै कैलालीकै चुरे गाउँपालिका र गौरीगंगा नगरपालिकाका एक/एक जना र ठेगाना नखुलेका २ जनामा समेत कोरोना संक्रमण देखिएको छ। 

उता कञ्चनपुरको भीमदत्त नगरपालिका र पुर्नवास नगरपालिकाका २/२ जना, शुक्लाफाँटा नगरपालिका र बेलौरी नगरपालिकाका एक/एक जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस