भीम रावलले भने–प्रधानमन्त्री र रअ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत छ
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/Bhim-rawal_1.jpg?itok=UDfzk_il)
काठमाडौँ: नेकपा नेता एवं सांसद भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ(रअ) का प्रमुख सामन्तकुमार गोयलबीचको भेटवार्ता कूटनीतिक मर्यादा विपरीत भएको बताएका छन्।
बिहीबार नेता रावलले ट्विट गर्दै लेखेका छन्, ‘ नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ।कूटनीतिक मर्यादा विपरीत छ।’
रअ प्रमुख गोयल बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका थिए।
![add](https://dineshkhabar.com/sites/default/files/1736663280234.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)