सुदूरपश्चिममा संक्रमितको संख्या ९२४३ पुग्यो
धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार २ सय नाघेको छ ।
बुधबार प्रदेश ६ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ३२ जना थपिएसँगै संक्रमितको संख्या ९ हजार २ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तर प्रदेशको सामाजिक विकास मन्त्रालयले भने संक्रमितको संख्या ८ हजार ९ सय ७३ पुगेको जनाएको छ । सुदूरपश्चिम स्थायी घर भई प्रदेश बाहिरका प्रयोगशालामा परीक्षण गरी संक्रमण पुष्टि भएकाहरुको संख्या समावेश नगर्दा कम देखिएको मन्त्रालयले जनाएको छ ।
कैलालीमा सबैभन्दा धेरै ३ हजार ३ सय ९९ जना र डोटीमा एक हजार २ सय ३७ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।
यस्तै अछामका १ हजार १ सय ४५ जना, कञ्चनपुरका ९ सय ९४, बझाङका ६ सय १८, बैतडीका ४ सय ७०, बाजुराका ४ सय ५९, डडेल्धुराका ३ सय ९१, दार्चुलाका २ सय ५४ जनामा संक्रमण पुगिट भएको कार्कीले बताए ।
संक्रमण पुष्टि भएका मध्ये ७ हजार ४ सय ५३ जनाले कोरोना जितेका छन् भने ३० जनाको मृत्यु भएको छ ।