सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्येष्ठ नागरिकग्रामका लागि गुरुयोजना

। फोटो स्रोत ।
२०७७ कार्तिक ५, ०९:२० रासस

प्रदेश नम्बर १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको ज्येष्ठ नागरिकग्रामको गुरुयोजनाअन्गर्तत चालू आर्थिक वर्षमा  तीन करोड ५० लाख बजेट विनियोजन गरिएको छ।

पूर्व विश्व सुन्दरी शृङ्खला खतिवडानेतृत्वको प्राविधिक टिमले तयार पारेको गुरुयोजनाबारे आज गरिएको सरोकार भएकाको छलफलमा प्रदेशको सामाजिक विकास मन्त्रालयले  मानव सेवा आश्रमसँगको सहकार्यमा ग्रामको निर्माण गर्ने जानकारी दिइयो।
कूल १० विगाहा १४ कठ्ठा जग्गामा ७२ वटा घरहरु निर्माण गरी ग्राम बनाइनेछ। प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले  निर्माण कार्यको शिलान्यास चाँडै गर्ने गरी काम अघि बढाएको जानकारी दिए। उनका अन्ुसार परियोजना सम्पन्न भएपछि हाल सञ्चालनमा रहेका आश्रमभन्दा स्तरीय बन्ने र ग्राममा बेसहराका लागि सम्मानजनक बस्न सकिने प्रबन्ध गरिनेछ।
 

कमेन्ट लोड गर्नुस