सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ४२ सहित सुदूरपश्चिमका थप ४७ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक ५, ०५:४१ खबर संवाददाता

धनगढीः कैलालीका ४२ सहित सुदूरपश्चिमका थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  सेती प्रादेशिक अस्पतालमा ६ सय ६ जनाको परीक्षण गरिएकोमा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिका–१ का २३ जना, गोदावरी नगरपालिकाका ३ जना, त्यसैगरी टीकापुर नगरपालिका र कैलारी गाउँपालिकाका, जोशीपुर गाउँपालिकाका २/२ जना, यस्तै गौरीगंगा नगरपालिका, लम्किचुहा नगरपालिका र बर्दगोरीया गाउँपालिकाका एक/एक जनामा संक्रमण देखिएको बताए । यस्तै कैलालीकै ठेगाना नखुलेका ७ जनामा पनि संक्रमण देखिएको उनले बताए । 

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका, बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र पुर्नवास नगरपालिकाका एक/एक जनामा समेत कोरोना पुष्टि भएको छ। 

यस्तै डोटीको केआई सिह गाउँपालिकाका एक जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस