थप २६ जना कोरोना संक्रमितको मृत्यु
२०७७ कार्तिक ५, ०४:४८
धनगढी: नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २६ जनाको मृत्यु भएको हो ।
मंगलबार कोरोना भाइरसको संक्रमणबाट आठजनाको मृत्यु भएको थियो ।
यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।
कमेन्ट लोड गर्नुस