सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्रीद्वारा दशैँ खर्चको रकम कोरोना नियन्त्रण खातामा जम्मा
कञ्चनपुर: दशैँ खर्चवापत पाएको रकम सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले मङ्लबार कोरोना भाइरस नियन्त्रण तथा रोकथाम खातामा जम्मा गरेका छन् ।
सुदूरपश्चिम सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा मन्त्री बोहराले ६३ हजार रकम जम्मा गर्नुभएको हो । कोरोना रोकथामका लागि सहयोग पु¥याउनका लागि मन्त्री बोहराले रकम खातामा जम्मा गरेको स्वकीय सचिव केशवराज अवस्थीले बताए ।
यस्तै सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा सहकारीमन्त्री विनिता चौधरीले समेत दशैँ खर्चवापत पाएको ६३ हजार रकम कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि उपलब्ध गराएका छिन् ।
यसैगरी जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्य बलराम पन्तले दशैँ खर्चवापत पाएको १४ हजार ८५० रकम महाकाली अस्पतालमा सञ्चालनमा ल्याउन लागिएको पिसीआर ल्याबका लागि उपलब्ध गराएका छन् ।
दशैँ खर्चवापतको रकम उनले महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गरेका हुन ।