सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा १४०२ संक्रिय संक्रमित, कुन जिल्लाका कति?

२०७७ कार्तिक ५, ०८:४२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय २ जना कोरोनाका संक्रिय संक्रमित रहेको पाईएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लामा उक्त संख्यामा संक्रिय संक्रमित रहेको जनाएको छ । निर्देशनालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार कैलालीमा सबैभन्दा धेरै सक्रिय संक्रमित छन् ।

कैलालीमा ६ सय ३६ जना संक्रिय संक्रमित रहेको छन् । यस्तै डोटीमा १ सय ४६, बझाङमा १ सय ४५, कञ्चनपुरमा १ सय ४१, दार्चुलामा १ सय ३० जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।  

अछाममा ८०, डडेल्धुरामा ६२, बैतडीमा ५२, बजुरामा ६ र प्रदेश बाहिर घर भई सुदूरपश्चिममा बस्दै आएका ५ जना सक्रिय संक्रमित छन् ।

सुदूरपश्चिममा ९ हजार बढिमा कोरोना पुष्टि भएको छ । उनीहरु मध्ये ७ हजार ४ सय बढि संक्रमण मुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ । 

 

कमेन्ट लोड गर्नुस