दाङका कोरोना सङ्क्रमितको मृत्यु
दाङमा आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। लमही नगरपालिका –५ निवासी ४३ वर्षीय पुरुषको होम आइसोलेशनमा बसेका अवस्थामा मृत्यु भएको हो। सङ्क्रमितमा कमलपित्तको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले बताए।
काठमाडौंँमा उपचारपछि घर फर्किएको अवस्थामा स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो। सङ्क्रमित पुरुष एक हप्तादेखि होम आइसोलेशनमा थिए। शव लमहीस्थित अजम्बरी सामुदायिक वनको खाली क्षेत्रमा नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ।