सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ३१ सहित सुदूरपश्चिमका थप ४८ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक ४, ०६:२४ खबर संवाददाता

धनगढीः कैलालीका ३१ सहित सुदूरपश्चिमका थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा  सेती प्रादेशिक अस्पतालमा ४ सय ८४ जनाको परीक्षण गरिएकोमा ४८ जनामा संक्रमण पुष्टि भएको हो। 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १९ जना, जानकी गाउँपालिकाका ४ जना,  त्यसैगरी टीकापुर नगरपालिका र गोदावरी नगरपालिकाका ३/३ जना, भजनी नगरपालिका र लम्किचुहा नगरपालिकाका एक/एक जनामा संक्रमण देखिएको बताए।

त्यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका ६ जना, भीमदत्त नगरपालिकाका ३ जना, लालझाडी गाउँपालिकाका ३ जना, त्यसैगरी बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाका एक/एक जनामा समेत कोरोना पुष्टि भएको छ। 

यस्तै दार्चुलाको दुहुँ गाउँपालिका र डडेल्धुराको अमरगढी नगरपालिका एक/एक जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। 

 

कमेन्ट लोड गर्नुस