सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, १५ घाइते

२०७७ कार्तिक ४, ०६:०९ खबर संवाददाता

दैलेख: २ वटा सवारी साधन दुर्घटना हुँदा दैलेखमा ३ जनाको मृत्यु भएको छ । जिल्लाको गुराँस गाउँपालिकाको बान्द्रे भन्ने ठाउँमा टिप्पर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने १ जना गम्भिर घाइते भएका छन ।

घाइतेलाई उपचारको लागि सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेको सनाखत भएको छैन ।

यस्तै सुर्खेतबाट दैलेखको जम्बुकाँध जाँदै गरेकोे यात्रुबाहक बस तल्लो डुङ्गेश्वरमा दुर्घटना हुँदा चालकको मृत्यू भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिकाका ललित नेपाली रहेका छन् ।

बसमा सवार १४ यात्रु घाइते भएका छन् । 

कमेन्ट लोड गर्नुस