सुदूर नेपाललाई विश्वसँग जोड्दै

साझा पार्टी र विवेकशील नेपाली दलबिच एकीकरण वार्ता

२०७७ कार्तिक ४, ०२:४५ खबर संवाददाता

धनगढी: साझा पार्टी र विवेकशील नेपाली दलबिचको एकीकरणबारे छलफल भएको छ। मंगलबार  एकतासम्बन्धी संयुक्त प्रतिवेदन दुबै दलको केन्द्रीय समितिमा पेश भएको छ।

विवेकशील नेपाली दल र साझा पार्टीका राजनीतिक संवाद समितिले दुई दलबीचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का रूपमा असोज २९ गते साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएको थियो। उक्त प्रतिवेदनमाथि दुबै दलको संघीयरकेन्द्रीय समितिमा छलफल हुनेछ।

प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीयरसङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आ–आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि एकीकरणको प्रक्रियाले पूर्णता पाउने ती दलको संवाद समिति संयोजकले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनीएको छ, ‘उक्त प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीयरसङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आ–आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र एकीकरणको प्रक्रियाले पूर्णता पाउनेछ।’
 

कमेन्ट लोड गर्नुस