सुदूर नेपाललाई विश्वसँग जोड्दै

६५ विद्यालयको एक साथ पुनःनिर्माण

फाईल फोटो
फाईल फोटो
२०७७ कार्तिक ३, १०:५४ रासस

बागलुङमा एकसाथ ६५ विद्यालयको पुनःनिर्माण थालिएको छ। भूकम्प गएको पाँच वर्ष बित्दा बल्ल ११४ विद्यालय भवन ठडिएका हुन्। भुकम्प गएको पाँच वर्ष बितिसक्दा विद्यालय पुनःनिर्माणले अहिले आएर गति लिन थालेको छ। २०७२ सालको भुकम्पबाट क्षति पुगेका विद्यालय भवन पुनःनिर्माणले गति लिन थालेको हो।

बागलुङमा विद्यालय भवन निर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाले विद्यालय पुनःनिर्माणमा गति दिएको हो।

बागलुङमा पुनःनिर्माण कार्यालय शिक्षा स्थापना भएपछि आर्थिक वर्ष २०७५÷७६ मा ३८ र २०७६÷७७  को पहिलो चरणमा आठ गरी ४६ विद्यालय पुनःनिर्माण भइसकेका र २०७६÷७७ को दोस्रो चरणमा ६५ विद्यालयको पुनःनिर्माण एकसाथ थालिएको जिल्ला आयोजना कार्यान्वय एकाइले जनाएको छ।

बन्दाबन्दीकै समयमा आर्थिक वर्ष २०७६/७७ को पहिलो चरणमा निर्माण शुरु गरेका आठ विद्यालयको निर्माण कार्यसमेत सकिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख मतिलाल चपाईले जानकारी दिए।

सो कार्यालय स्थापनाअघि तत्कालिन जिल्ला शिक्षा कार्यालय र जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत ६८ विद्यालय भवन पुनःनिर्माण भइसकेका थिए। भुकम्पले क्षति पु¥याएका विद्यालयमध्ये हालसम्म ११४ विद्यालय भवन पुनःनिर्माण भइसकेका छन्। 
 

कमेन्ट लोड गर्नुस