सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ७३ सहित सुदूरपश्चिमका थप ८८ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक ३, ०५:३५ खबर संवाददाता

धनगढीः कैलालीका ७३ सहित सुदूरपश्चिमका थप ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा  सेती प्रादेशिक अस्पतालमा ७ सय ६१ जनाको परीक्षण गरिएकोमा ८८ जनामा संक्रमण पुष्टि भएको हो। 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १३ जना, वडा नम्बर ३ का ७ जना, वडा नम्बर ४ का ५ जना, वडा नम्बर ७ का ४ जना, वडा नम्बर ५ का ३ जना र वडा नम्बर ६ का २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। यस्तै वडा नम्बर २ र १३ का एक/एक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए।

यस्तै कैलालीकै टीकापुर नगरपालिकाका २५ जना, गोदावरी नगरपालिका–५ का ५ जना, मोहन्याल गाउँपालिकाका २ जना, गौरीगंगा नगरपालिका–३ का १ जना र ठेगाना नखुलेका ४ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, कृष्णपुर नगरपालिका–३ का २ जना, शुक्लाफाटा नगरपालिका–१ र ठेगाना नखुलेका एक/एक जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

त्यस्तै डोटीको बडीकेदार गाउँपालिकाका ३ जना र बैतडीको दशरथचन्द नगरपालिका–४ का एक जनामा पनि कोरोना पुष्टि भएको छ। 

 

कमेन्ट लोड गर्नुस