सुदूर नेपाललाई विश्वसँग जोड्दै

असई हत्या प्रकरण : दोषीलाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन

२०७७ कार्तिक ३, १२:५७ खबर संवाददाता

धनगढीः प्रहरी सहायक निरिक्षक गोविन्द बिकको हत्यारालाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ ।

मृतकका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै धनगढी चौराहमा प्रदर्शन गर्दै बजार बन्द गराउन थालेका छन् ।

बिकको विभत्स हत्या गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने, मृतकका परिवारको भरण पोषणको जिम्मा सरकारले लिनुपर्ने लगायतका माग राख्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

नियमित गस्तीमा गएका बेला वेपत्ता भएका अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरिक्षक बिक आईतबार बिहान विभत्स हत्या गरेको अवस्थामा मोहना नदीमा भेटिएका थिए ।

उनको घाँटी र गर्धन रेटिएको थियो भने बिकसँगै गस्तीमा निस्किएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै अज्ञात छ ।

साउँदको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट लोड गर्नुस