दशैको ३ दिन देशभर कोरोना परीक्षण बन्द हुने
२०७७ कार्तिक ३, ११:५५
काठमाडौं: दशैंको तीन दिनेशभर पिसिआर परीक्षण हुँदै आएका प्रयोगशालमा पिसिआर परीक्षण बन्द हुने भएको छ। महानवमी, विजयादशमी र एकादशीका दिन नयाँ कोरोना पिसिआर परीक्षण नहुने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालीहरुको महान चार्ड दशैको मुख्य ३ दिनमा पिसिआर परीक्षण हुँदै आएका देशभर प्रयोगशालमा पिसिआर परीक्षण नहुने बताएका छन्।
कमेन्ट लोड गर्नुस