सुदूर नेपाललाई विश्वसँग जोड्दै

दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री

२०७७ कार्तिक ३, १०:४८ रासस

सिमकोट: हुम्लाको सिमकोट गाउँपालिका ५ ले दलित तथा अतिविपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ। 

वडाध्यक्ष कृष्ण बोहराले तीन वटा विद्यालयका दलित तथा विपन्न विद्यार्थीका लागि झोला, कापी कलम, ज्यामिती बक्सलगायत गरी रु. १ लाख ५० हजार मूल्य बराबरको सामग्री सहयोग गरिएको जानकारी दिए। यस्तै हुम्लामा कुनै समय अन्नबालीको कुटानी गर्ने काम गर्दै आएको काठले बनाइने सामाग्री (ग्याब्री) लोप हुने अवस्थामा पुगेपछि दलित घरधुरीलाई सहयोग गरिएको छ। 

सदरमुकाम सिमकोटमा मात्रै नभएर कोदो, फापर, सिमि, उवा, जौ, गहुँ लगायतका अन्नवालीलाई  कुटानी गर्न बनाइने ग्याब्री हुम्लाका अन्य गाउँपालिकामा समेत लोप हुने अवस्थामा पुगेको छ। यसको निर्माण सामग्री र स्टेशनरीका सामाग्री सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले हस्तान्तरण गरेका थिए।

कमेन्ट लोड गर्नुस