कञ्चनपुरको शुक्लाफाँटामा पर्यटकका लागि खुल्यो जंगल सफारी
कञ्चनपुर: शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कोरोनाका कारण चैत ११ देखि बन्द भएको जंगल सफारी पर्यटकका लागि खुला गरिएको छ।
चाडबाडबा बेला आन्तरिक पर्यटकहरू आउने भएकाले सफारी र जंगल वाक खुला गरिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रविन चौधरीले बताए।
सफारी गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क र सेनिटाइजरको प्रयोग गर्नुपर्ने तथा तोकिएको रुटमा मात्रै सफारी गर्न पाइने जनाएको छ। कोरोनाको जोखिम रहेकै कारण निकुञ्जमा हात्ती सफारी, फिसिङ, ¥याफ्टिङ र क्याम्पिङ लगायतका गतिविधिहरूमा भने रोक लगाइएको छ।