सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका २७ सहित सुदूरपश्चिमका थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ कार्तिक २, ०६:४५ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशमा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा प्रदेशका चारवटा प्रयोगशाला मार्फत एक हजार एक सय ४ जनाको परीक्षण गरिएकोमा थप ५४ जनामा संक्रमण पुष्टि भएको सामाजिका विकास मन्त्रालयका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए। कार्की अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ६७ जनाको परीक्षण गरिएकोमा  ३८ जनामा संक्रमण पुष्टि भएको छ। 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका उपमहानगरपालिकाको वडा नम्बर १ का ६ जना, वडा नम्बर ३ का ३ जना, वडा नम्बर ५ र ६ का २/२ जना, वडा नम्बर २ का १ जना र ठेगाना नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ७ जना, कैलारी गाउँपालिका–८ का २ जना, यस्तै बर्दगोरी गाउँपालिका–२ र घोडाघोडी नगरपालिका–२ का एक एकजना र ठेगाना नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ। उता कञ्चनपुरको भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका ४÷४ जना, बेल्डाडी गाउँपालिका–४ का २ जना र शुक्लाफाटा नगरपालिका–९ का १ जनामा  संक्रमण देखिएका अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

उता डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ६२ जनाको परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए। 

उनका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका–५, नवदुर्गा गाउँपालिका–२, गन्यापधुरा गाउँपालिका–३ र भागेश्वर गाउँपालिका–१ का एक/एक गरी ४ जनामा जनामा संक्रमण पुष्टि भएको हो। यस्तै बैतडीको मेलौली गाउँपालिकाका २ जना, शिवनाथ गाउँपालिकाका १ जना र दार्चुलाको दुहुँ गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज भुसालले जानकारी दिए। 

यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको छ। २५५ जनाको कोरोना परीक्षण भएकोमा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ५ पुरुष र २ महिला गरी ७ जनामा कोरोना संक्रमण भेटिएको बताए। जिल्ला अस्पताल बझाङको प्रयोगशालामा गरिएको परीक्षणमा पनि एकजनामा संक्रमण पुष्टि भएको छ। 

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८ हजार ९ सय १० पुगेको छ।  संक्रमित मध्ये ७ हजार दुई सय बढिले कोरोना जितेका छन् भने २५ जनाको मृत्यु भएको छ।
 

कमेन्ट लोड गर्नुस