सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका २७ र कञ्चनपुरका ११ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक २, ०३:१२ खबर संवाददाता

धनगढीः कैलालीका २७ र कञ्चनपुरका ११ जना सहित सुदूरपश्चिममा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा  सेती प्रादेशिक अस्पतालमा ४ सय ६४ जनाको परीक्षण गरिएकोमा ३८ जनामा संक्रमण पुष्टि भएको हो। 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का ६ जना, वडा नम्बर ३ का ३ जना, वडा नम्बर ५ र ६ का २/२ जना, वडा नम्बर २ का १ जना र ठेगाना नखुलेका २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ७ जना, कैलारी गाउँपालिका–८ का २ जना, यस्तै बर्दगोरी गाउँपालिका–२ र घोडाघोडी नगरपालिका–२ का एक एकजना र ठेगाना नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका ४÷४ जना, बेल्डाडी गाउँपालिका–४ का २ जना र शुक्लाफाटा नगरपालिका–९ का १ जनामा  संक्रमण देखिएका अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। 

कमेन्ट लोड गर्नुस