सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ४८ सहित सुदूरपश्चिममा थप ५८ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक १, ०५:४२ खबर संवाददाता

धनगढीः कैलालीका ४८ सहित सुदूरपश्चिममा थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पु्ष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो ६ सय ३४ जनाको परीक्षण गरिएकोमा कैलालीका ४८ सहित थप ५८ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ४८ र कञ्चनपुरका ८, डडेल्धुराका १ र डोटीका १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। उपमहानगरपालिकाको वडा नम्बर १ का १६ जना, वडा नम्बर ४ र ५ का  ४/४ जना, वडा नम्बर ८ का ३ जना, त्यसैगरी वडा नम्बर २ र ३ का २/२ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

यस्तै वडा नम्बर ६, ७, १२, १४ र १८ का एक/एक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए।

यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ७ जना, कैलारी गाउँपालिका–८ का २ जना, यस्तै लम्किचुहा नगरपालिका–१, गौरीगंगा नगरपालिका र ठेगाना नखुलेका एक/एक जनामा जनामा संक्रमण पुष्टि भएको छ।

उता कञ्चनपुरको पुनर्वास नगरपालिकाका ४ जना, भीमदत्त नगरपालिकाका २ जना र शुक्लाफाटा नगरपालिका–१० र बैलौरी नगरपालिकाकाक एक एक जनामा संक्रमण देखिएका अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। 

त्यसैगरी डडेलधुराको आलिताल गाउँपालिका–८ का १ जना, डोटीको जोरायल गाउँपालिकाका एक जनामा पनि संक्रमण देखिएको सेती अस्पतालले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस