सुदूरपश्चिमकी सांसद पाल आईसीयूमा भर्ना, प्लाज्मा थेरापी गरिने

धनगढी: नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद निरुदेवी पाललाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएको छ।
संसद्को महिला तथा सामाजिक समितिका सभापति पाल आफ्नो घर महेन्द्रनगर पुगेकै दिन संक्रमित भएकी थिइन।
संक्रमण पुष्टि भएलगत्तै महाकाली अस्पतालमा भर्ना भएकी पालको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं लगिएको छ। श्वासप्रश्वासमा कठिनाइ र सुख्खाखोकी पनि धेरै भएका कारण आफु डाक्टरको सुझावका आधारमा आईसीयूमा भर्ना भएको पालले बताइन।
आफुलाई कडाखालको औषधि चलाउनुपर्ने र प्लाज्मा थेरापी पनि गर्नुपर्ने भएकाले भर्ना भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छिन्।
