सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना सङ्क्रमणबाट वडा सदस्यको मृत्यु

२०७७ कार्तिक १, १०:४४ रासस

चितवन: खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्री बहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।

भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनमा असोज २८ गते सङ्क्रमण पुष्टि भएको थियो। उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो। खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो। उनी क्यान्सर रोगबाटसमेत पीडित थिए। 

अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उनको उपचार भईरहेको थियो। उनी नेपाली काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी हुनु भएका थिए। नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा गहिरो दुःख प्रकट गरेका छन्।

यसअघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का निर्वाचित वडा अध्यक्षको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो। 

कमेन्ट लोड गर्नुस