सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘बलात्कारी संगठन’ पेज बनाउने पक्राउ

२०७७ असोज ३०, ०७:४३ रासस

काठमाडौँ: प्रहरीको साइबर ब्युरोले कथित ‘बलात्कारी संगठन’ नामक फेसबुक पेज बनाएर अश्लिल तथा आपत्तिजनक सामग्री पोष्ट गर्नेलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्युठान घर भई हाल नवलपुरको कावासोती बस्ने १९ वर्षका नवीन बस्नेत रहेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द्र अर्यालले जानकारी दिए। 

उनले गरेका गतिविधि विद्युतीय कारोबार ऐन २०६७ को दफा ४७ अन्तर्गतको कसुर मानिन्छ।

कमेन्ट लोड गर्नुस