प्रहरी दिवसको अवसरमा पूर्वआईजी खरेलले गरे ११ लाखको अक्षयकोष स्थापना

पूर्वप्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलले कर्तव्य पालनाका सिलसिलामा वीरगति प्राप्त गर्ने प्रहरी जवान, प्रहरी हवलदार, प्रहरी सहायक निरीक्षक, प्रहरी नायव निरीक्षकका सन्तानमध्ये एक छोरी र एक छोरालाई जनही तीस हजारको छात्रवृत्ती सहित सम्मानपत्र प्रदान गर्ने सम्झौता गरेका छन्।
६५ औं प्रहरी दिवसको अवसरमा संगठनसमक्ष पूर्व आईजीपी खरेलले ११ लाखको अक्षयकोष स्थापना गर्ने सम्झौतामा उल्लेख गरेका हुन्। ‘अच्युत–मिना अमर प्रहरी पुरस्कार’ नाम दिइएको उक्त कोषका लागि पूर्व महानिरीक्षक खरेलले प्रतिवर्ष छात्रवृत्ती अन्तर्गत ६० हजार र सम्मानपत्र तयार गर्न ४ हजार गरी ६४ हजार उपलब्ध गराउने सहमती भएको छ भने उनी नेपाल प्रहरीसँग व्यक्तिगत सम्झौता गरी छात्रवृत्ती कोषको स्थापना गर्ने पहिलो व्यक्ति हुन्।
उनको देहवसानपछि अच्युत–मिनाका सन्तान डा.आयुष र डा.चाँदनीले ११ लाखको अक्षयकोष स्थापना गरिदिने पनि सहमती पत्रमा सम्झौता भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।
