सुदूर नेपाललाई विश्वसँग जोड्दै

मासु पसलको अनुगमन

फाइल फोटो
फाइल फोटो
२०७७ असोज ३०, ०६:०४ रासस

भक्तपुरमा सञ्चालनमा रहेका अधिकांश मासुपसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाईएको छ। दशैंलाई लक्षित गरी भक्तपुर नगरपालिकाले बिहीबार यहाँका मासु पसल एवं मासु काट्ने ठाउँको अनुगमनमा व्यवसायीहरुले जथाभावी मुल्य राखी उपभोक्ताठग्ने र बासी कुहिएको मासु विक्री गरेको तथा बधस्थलहरु अधिकांश फोहररहेको पाईएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले जानकारी दिए।

अनुगमन टोलीले दर्ता नगरी सञ्चालित हरिकृष्ण शाहीको राँगोको मासुपसलमा विग्रेको, बासी र कुहिएको मासु बिक्री गरेको पाईएपछि १० किलो मासुजफत गरी नष्ट गरेको र तत्काल दर्ता गर्न निर्देशन दिएको छ। 

अनुगमनमा पसल सञ्चालकलाई ढक, तराजु नापतौल विभागमा नविकरण गर्न,सेतो एप्रोन प्रयोग गर्न, मासुझिंगाले नभन्किने गरी जालीले छोपेर राख्न र मासु काट्न प्रयोग गरिनेऔजारहरु, भाँडावर्तन सफा राख्न, मुल्य सूची राख्न, ससेज्को लेबलमा उत्पादनमिति र म्याद नाघेको मिति स्पष्ट देखिने गरी राख्न निर्देशन दिएको अनुगमनसमितिका रामकृष्ण प्रजापतिले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस