सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेता खनालको स्वास्थ्यावस्था सुधारोन्मुख

२०७७ असोज २९, ०२:५५ रासस

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ।

रक्तचाप बढेका कारण धूम्रबहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत उनकोे स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनकाा स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए। उनका अनुसार आज साँझसम्म नेता खनाललाई अस्पतालले डिस्चार्ज गर्नेछ। 

“उनको स्वास्थ्यमा क्रमिक सुधार आएको छ, अहिले आफैँ हिँड्ने, बोल्ने गर्छन्”, उनले भने, “चिकित्सकका अनुसार उनकोे रक्तचाप पनि सामान्य रहेको छ।”

उनलाई रक्तचाप बढेपछि बुधबार अपराह्न ४ः०० बजे उपचारका लागि अस्पताल लगिएको थियो।

कमेन्ट लोड गर्नुस