वाग्मतीमा एक महिने शिशुमा कोरोना संक्रमण

२०७७ असोज २९, ०२:४४
ललितपुर : दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा एक महिने शिशुमा कोरोना पोजेटिभ देखिएको छ।
आमा सुत्केरी हुन अस्पताल जाँदा आमा र शिशु दुवैमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताए।
वाग्मतीका एक व्यक्ति अस्पतालमा रहेका, सातको डिस्चार्ज भइसकेको र यहाँ कूल सङ्क्रमित सङ्ख्या १५ मात्र रहेका तिमिल्सिनाले जानकारी दिए।

कमेन्ट लोड गर्नुस