सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन नवनियुक्त मन्त्रीबाट शपथ ग्रहण

२०७७ असोज २९, ०२:०३ रासस

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आज पद तथा गोपनीयताको शपथ लिएका छन्। 

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनेहरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ रहेका छन्। 

उनीहरु प्रधानमन्त्रीको सिफारिसमा बुधबार मन्त्रीमा नियुक्त भएका हुन्। सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा मन्त्रिगणलगायतको उपस्थिति  थियो।

कमेन्ट लोड गर्नुस